दफा १०
आदेश जारी गर्ने तथा नियम बनाउने अधिकार

(१) यस ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले समय समयमा आदेश जारी गर्न तथा नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती आदेश तथा नियमहरुमा देहायका विषयहरुको व्यवस्था गर्न सकिनेछ —
(क) यो ऐन बमोजिमको अधिकारी तोक्ने ।
(ख) एजेण्टमा नाम दर्ता गराउन दिने दरखास्तमा खुलाउनु पर्ने विवरण ।
(ग) कबुलियतको ढाँचा ।
(घ) एजेण्टमा नाम दर्ता गराउन दाखिल गर्नु पर्ने दस्तुर ।
(ङ) एजेण्ट भई काम गर्ने अवधि, सो रिन्यू गर्ने र रिन्यू गराउँदा दाखिल गर्नु पर्ने दस्तुर ।
(च) रजिष्टर्ड एजेण्टले आएको, बिक्री भएको र मौज्दातमा रहेको चीज वस्तु र त्यसको दर भाउको फाँटवारी तोकिएको अधिकारी छेउ दाखिल गर्नु पर्ने समय र त्यसको फाँटवारीको ढाँचा ।
(छ) दफा ४ को उपदफा (१) बमोजिम दिएको विवरणमा केही संशोधन तथा थपघट गर्न वा दफा ४ को उपदफा (२) बमोजिम भएको कबुलियतमा हेरफेर गर्नुपर्दाको कार्यविधि, र
(ज) रजिष्टर्ड एजेण्टले दफा ५ बमोजिम आफूले दाखिल गरेको फाँटबारी बमोजिमको दर भाउमा थपघट गर्नुपर्दाको कार्यविधि ।